‘फेसएप’बाट आफ्नो बुढ्यौली तस्बीर बनाउनु भयो ? फसिएला

बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको उपयोग गरिरहेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न समेत उनीहरुले चेतावनी दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।